मकवानपुरका पत्रकारलाई प्रेस ज्याकेट, स्यानिटाईजर र मास्क वितरण
कोरोना भाइरस (कोभीड—१९) को महामारीको अबस्थामा अग्रभागमा रहेर सुचना संप्रेषणको लागि खटिएका मकवानपुरका पत्रकारहरुलाई प्रेस ज्याकेट, सर्जिकल मास्क र स्यानिटाईजर वितरण गरिएको छ ।
बागमती प्रदेश सांसद तथा नेकपा मकवानपुरका सचिब प्रेम बहादुर पुलामी(छिन्तु)ले ५ सय थान सर्जिकल मास्क र हेटौंडाका यूवा व्यवसायी योग्यराज सापकोटाले स्यानिटाईजर सहयोग गर्नुभएको हो ।
सांसद पुलामी र व्यवसायी सापकोटाले प्रेस संगठन मकवानपुरलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रेस संगठन मकवानपुरले प्राप्त सामग्री र प्रेस ज्याकेट पत्रकारलाई वितराण गरेको छ ।