रूस विश्वकै दोस्रो कोरोना संक्रमित मुलुक, बेलायतमा ३२ हजारभन्दा बढीको मृत्यु  

छहारी संवाददाता
बैशाख ३१, २०७७

बेलायतमा कोरोना भाइरसका कारण मंगलवार ६ सय २७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार ६ सय ९२ पुगेको छ । बेलायत युरोपको पहलिो र विश्वको दोस्रो कोरोना प्रभावित मुलुक बनेको छ ।

यस्तै रूसमा लगातार दशौं दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजारले बढेको छ । योसँगै कोरोना भाइरसका कारण संक्रमित हुनेमा रुस विश्वकै दोस्रो मुलुक बनेको छ । रुसमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई लाख ३२ हजार नाघेको छ । रूसमा कोरोना भाइरसका कारण हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको छ, सीआईएनले लेखेको छ ।

यसैगरी फ्रान्स विश्वकै चौथों कोरोना भाइरसका कारण प्रभावित मुलुक बनेको छ । फ्रान्समा पछिल्लो २४ घन्टामा ३ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ हजार ९९१ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेमा फ्रान्स स्पेनभन्दा अघि छ ।

फ्रान्समा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या भने एक लाख ७७ हजारभन्दा बढी छ । सबैभन्दा बढी अमेरिका, त्यसपछि बेलायत र तेस्रोमा इटलीमा कोरोनाका कारण सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

यसैविच विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८९ हजार नाघेको छ । कोरोनाका कारण संक्रमित भएकामध्ये १५ लाख ९६ हजारभन्दा बढी स्वस्थ भएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*