हतार गरी लकडाउन नखोल्न अमेरिकी वरिष्ठ वैज्ञानिक फाउचीको चेतावनी
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थनी फाउचीले अमेरिकी सिनेटरलाई लकडाउन खोल्ने विषयलाई लिएर चेतावनवी दिनुभएको छ । उहाँले यदिन देशमा लकडाउन हटाउनेमा हतार गरियो भने कोरोना भाइरसको संक्रमण अझ तीव्र गतिमा फैलिने चेतावनी दिनुभएको छ ।
हिजो अमेरिकी सीनेटसँगको भिडियो कन्फ्रेन्सको क्रममा अमेरिकाको विभिन्न लकडाउनमा छुट दिइएको र ती राज्यमा कोरोना संत्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको उहाँले बताउनुभयो । डा. फाउचीले कोरोनाको संक्रमण यसरी फैलिन्छ की त्यसलाई नियन्त्रण गर्नै मुस्किल हुने र त्यो अवस्थामा अर्थतन्त्रलाई झन् बढी समस्या पार्नेभन्दै चेतावनवी समेत दिनुभयो ।
आउने सेप्टेम्बर महिनामा कोरोनाको संक्रमण दोहोरिएर बढ्न सक्ने भन्दै उहाँले कोरोनाको दोस्रो चरणको खतरा उत्पन्न हुने भएकाले त्यसलाई रोक्न समयमै सचेत हुनु पर्ने औल्याउनुभयो । डा. फाउचीले कोरोनाका लागि खोप तयार गर्ने प्रयास भइरहेको भएपनि त्यो खोप उपयोगी नै हुन्छ भन्नेमा कुनै ग्यारेन्टी नभएकाले पनि सचेत हुन आग्रह गर्नुभयो ।
अमेरिकामा हालसम्म कोरोनाका कारण ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने डा.फाउचीको बयानबाट फरक मत राख्नुहुन्छ । उहाँले अर्थव्यवस्थालाई सुधार्नका लागि लकडाउन खोल्ने र त्यसका लागि निर्देशिका पनि तयार पारिसक्नुभएको छ ।