मकवानपुरमा कुखुराको मासु प्रतिकिलो २ सय ५० रुपैयाँ 

छहारी संवाददाता
बैशाख ३१, २०७७

मकवानपुरमा कुखुराको मासु प्रतिकिलो २ सय ५० रुपैयाँ कायम भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयमा उपमेयर मिना कुमारी लामाको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले कुखुराको मासुको मुल्य प्रतिकिलो २ सय ५० रुपैयाँ कायम गरेको हो ।

बैठकले तोके भन्दा बढी मुल्यमा बिक्री गरे पाइए कार्बाही गर्ने निर्णय समेत गरेको छ । हेटौंडा बजारमा मासु व्यापारीहरुले कुखुरा, खसी, रागाको मासुको मुल्य आफुखुसी बृद्धी गर्दै आएपछि बैठक बसेर यस्तो मुल्य निर्धारण गरिएको हो ।

माछामासु व्यावसायी संघ, कुखुरा व्यासवसायी संघ, उपभोक्ताबादी संघसंस्था, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहितको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय लकडाउन रहेसम्म कायम रहने बताइएको छ ।

जथाभावी मुल्यबृद्धी गरेको पाइए स्थानीय प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडा उपमहानगरपालिका समक्ष उजुरी गर्न समेत आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*