भारतीय हस्तक्षेप विरुद्ध हेटौंडामा शान्तिपूर्ण प्रदर्शन

छहारी संवाददाता
बैशाख ३०, २०७७

भारतले नेपालको सुदुरपश्चिमको कालापानी क्षेत्रमा  नेपाली भूमी मिचेर सडक बनाएको विरोधमा बागमती प्रदेशको राजधानी हटौंडामा आज विरोध प्रदर्शन गरिएको छ ।

हेटौंडामा सक्रिय रहेको युथ अफ हेटौंडा सहित अन्य सामाजिक संघ संस्थामा आवद्ध रहेका युवाहरुले प्रदर्शन गरेका हुन् । हेटौंडामा संयौको संख्यामा रचनात्मक ढंगले प्रर्दशन भएको हो । बुद्धचोकमा युवाहरुले भारतीय हस्तक्षेप विरुद्धमा प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।

करिब एक घण्टा भएको शान्तिपुर्ण प्रदर्शनमा कुनै पनि किसिमको नारा जुलुस नभएको युथ अफ हेटौंडाका सचिव अमृत चिमरियाले जानकारी दिनुभयो । सरकारले भारतीय पक्ष संग कुटनीतिक पहल गरेर चाँडो भन्दा चाँडो नेपाली भुमि फिर्ता गर्नु पर्ने प्रदर्शनमा युवाहरुले माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*