भारतिय अतिक्रमण विरुद्ध सरकारले तत्काल दृढ अडान प्रस्तुत गरोस्ः नेविसंघ मकवानपुर  

छहारी संवाददाता
बैशाख ३०, २०७७

नेपाल विद्यार्थी संघ मकवानपुरले भारतले गरेको सिमा अतिक्रमणको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

नेविसंघले कोरोनाको महामारीले विश्व नै आक्रान्त भइरहेका बेला भारतले गरेको सिमा अतिक्रमणको गतिविधीले नेपाली जनता मर्माहत भएको भन्दै भारतको पटक पटकको यस्तो रबैया प्रति कडा कदम चाल्न सरकारलासंग माग गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल मार्फत नेविसंघ मकवानपुरले राष्टियताको पक्षमा दृढतापूर्वक उभिन र भारत सामू लम्पसार नहुन सरकारलाई सचेत गराएको छ ।

भारतलाई गल्ती सच्याउन बाध्य पार्नुको सट्टा उल्टै राष्टियता रक्षाको लागि सडकमा उत्रिएका जनता माथि निर्मम दमन गरेको भन्दै नेविसंघले सरकारको आलोचना गरेको छ ।

भारतिय अतिक्रमण विरुद्ध सरकारले तत्काल दृढ अडान प्रस्तुत नगरे सरकार विरुद्ध आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा भनिएको छ ।

महामन्त्री प्रभात कुमार दाहाल र संघका जिल्ला अध्यक्ष शिव्रसाद खतिवडा राजुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको नेविसंघ टोलिले प्रजिअ नेपाल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । केन्द्रिय स्तरको विरोध कार्यक्रम अन्तरगत नेविसंघ जिल्ला कार्य समिति मकवानपुरले ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*