राष्ट्रिय जनसराेकार मन्चद्धारा भारतीय हस्तक्षेपको विरोधमा धर्ना 

छहारी संवाददाता
बैशाख ३०, २०७७

राष्ट्रिय जनसराेकार मन्च नेपाल मकवानपुरले भारतले नेपाली भूभाग हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज धर्ना कार्यक्रम गरेको छ ।

 मन्चका अध्यक्ष उमेश गुनिको नेतृत्वमा करिब १०/१२ जनाको सङख्यामा टिसियनरोड चोकमा धर्ना दिइएको हो ।

भारतले एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक विस्तार गरेको विरोधमा विभिन्न संगठनहरुले समेत नाराबाजी तथा जुलुस निकालिएका छन् ।

लिपुलेक, कालापानी, लिम्पिियाधुरा हाम्रो हो, भारतीय हस्तक्षेप बन्द गर्, राष्टिय स्वाधिनताको रक्षा गरौं लगायतको नारा लगाउदै धर्ना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*