राप्रपा युवा संगठन मकवानपुरद्वारा हेटौंडामा राके जुलुस

छहारी संवाददाता
बैशाख ३०, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० युवा संगठन मकवानपुरले लिपुलेक र कालापानीको विषयलाई लिएर हेटौंडामा राके जुलुस निकालेको छ ।

भारतले एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक विस्तार गरेको विरोधमा संगठनले जुलुस निकालिएको हो । हेटौंडा उपमहानगरपालिकाको कान्तिराजपथदेखी बुद्ध चोकसम्म जुलुस निकालिएको थियो ।

राप्रपा युवा संगठनका नगर सभापति भृगु कार्कीको नेतृत्वमा निकालिएको जुलुसमा बागमती प्रदेश संयोजक दामोदर वाग्लेको समेत उपस्थिति थियो ।

लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाउदै निकालिएको जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*