कोरोना अपडेटः भारतमा कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु  

छहारी संवाददाता
बैशाख १८, २०७७

भारतले कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु गरेको छ । भारतको पूणेमा रहेको सीरम इन्स्टीच्यूटका कार्यकारी निर्देशक अडर पूनावालाका अनुसार खोप परीक्षण सुरु गरिएको हो ।

परीक्षण सफल भएमा कोरोना विरुद्धको खोप आउने सेप्टेम्बर वा अक्टोबर महिनामै बजारमा आउने उहाँले दावी गर्नुभयो ।

पूनावालाका अनुसार जोखिम लिँदै कोरोनाको खोप एडभान्स परीक्षणभन्दा पहिले नै यसको उत्पादनको प्रयास गरिनेछ र यदि परीक्षण सफल भयो भने यसको मूल्य एक हजार पर्नेछ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*