कोरोना अपडेटः वडा प्रहरीलाई ५ सय ५० थान मेडिकल मास्क सहयोग

छहारी संवाददाता
बैशाख १५, २०७७

वडा प्रहरी कार्यालय हेटौडालाई कोरोना भाइरसको संक्रमणबाट जोगिन ५ सय पचास थान मेडिकल मास्क प्रदान गरिएको छ ।

हेटौडा उपमहानगरपालिका वडा ५ का अध्यक्ष राजेश बानियाँले दुई सय थान, नारायणी मलका म्यानेजर कैलाश ढकालले एक सय पचास थान, सहारा मल्टिप्रपोज तथा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी हेटौंडाका वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटा र हेटौंडा ५ निवासी रुपक महतले एकरएक सय थान गरी ५ सय पचास थान मेडिकल मास्क प्रदान गरिएको वडा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

जनतासंग प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने प्रहरीलाई कोरोना जोखिम बढी हुने भन्दै मास्क वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई हस्तान्तरण गरिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*