शिक्षक संगठन मकवानपुरद्वारा फोटोसफ्ट सामान्य सीप सिकाई विषयक प्रशिक्षण सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको नवौं सत्र आज संगठन अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ ।
मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका चितवन जिल्ला उपाध्यक्ष तेजेन्द्र भूषालले प्रशिक्षणको सहजीकरण गर्नुभएको हो ।
प्रविधियुक्त सिकाईका लागि अत्यावश्यक 'फोटोसफ्ट सामान्य सीप सिकाई' विषयक प्रशिक्षण सम्पन्न भएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो । ।
भोगेन्द्र लुईटेल युएण्टो पूर्व जिल्ला अध्यक्ष, देबेन्द्र अधिकारी , सानुमाया खड्का , रसुवा अध्यक्ष मुचनाथ प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सहसचिव सानुमाया खड्का, सचिवालय सदस्य मोहन शर्मा, कर्णाली प्रदेश महासंघ अध्यक्ष देबेन्द्र अधिकारी, संगठन पर्वत जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भावना सापकोटा, लक्ष्मी अधिकारी, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल , सुवास खनाल लगायतकाको उपस्थिती रहेको थियो ।
भोलि हुने नवौं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभयो । बैशाख १५ गते हुने प्रशिक्षणमा भने लकडाउनपछिको शिक्षा विषयक समसामयीकसवालमा अन्तर्क्रियात्मक प्रशिक्षण हुने छ । संगठनको नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन १२स्०५ मा शुरु हुने छ ।