हेटौंडामा हाल सम्म ९ हजार ६ सय १४ परिवारलाई राहत वितरण
हेटौंडा उपमहानगरपालिकामा हाल सम्म ९ हजार ६ सय १४ परिवारलाई राहत वितरण गरेको छ । उपमहानगरपालिकाका १९ वटा वडामा ९ हजार भन्दा वढी विपन्न परिवारलाई राहत वितरण गरिएको मेयर हरिबहादुर महतले वताउनुभयो, जनपत्रले लेखेको छ ।
उपमहानगरपालिका कार्यालय, विभीन्न संघसंस्था, राडो नेपाल र प्लान नेपालको सहकार्यमा राहत वितरण गरिएको हो ।
हेटौंडाका १९ वटा वडा कार्यालय मार्फत सिधै ३ हजार ५ सय ९५ परिवार, पहिलो चरणमा विभीन्न संघसंस्थाको सहयोगमा ३ हजार १ सय १८ परिवारलाई खाद्यान्न र प्लान नेपालको सहयोगमा २ हजार ५ सय १ परिवारलाई नगद राहत वितरण गरिएको मेयर महतले जानकारी दिनुभयो ।
उपमहानगरपालिका कार्यालयले दैनिक ज्यालादारी गर्ने र अती विपन्न परिवारलाई लक्षित गरेर पहिलो र दोश्रो चरणमा राहत वितरण गरेको हो ।