लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा लियो मनोज चौलागाई चयन
लियो क्लव अफ हेटौडा भुटन देविको अध्यक्षमा लियो मनोज चौलागाई चयन भएका छन् ।
आज भिडियो मार्फत गरिएको क्लवको ६ औं वार्षिक साधारण सभाबाट वर्ष २०२०र२१ का लागि चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा आभाश पौडेल, द्धितिय उपाध्यक्षमा निर्मल तिमल्सिना र तृतिय उपाध्यक्ष नरेश प्याकुरेल चयन हुनु भएको छन् ।
निर्वाचित भए पछि मनोज चौलागाईले युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताउनु भयो । वगतको अनुभवलाई संगाल्दै र पुर्व अध्यक्षहरुको सल्लाहमा काम गर्ने बताउनु भयो ।
आर्थिक क्षेत्रलाई बलियो बनाई नेतृत्व विकासमा जोड दिइने बताउदै लियोलाई सबै सामु चिनाउनको लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । चौलागाईले वर्ष २०१९ २० मा क्लवमा उत्ृकष्ट कार्य समेत गरेका थिए ।
सचिव र कोषाध्यक्ष भने अध्यक्षले मनोनित गर्ने प्रवधान रहेको छ ।सो कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका जिल्ला निर्देशक तथा क्लवका पुर्व अध्यक्ष लियो अनिल अधिकारीको आथित्यता तथा क्लवका अध्यक्ष लियो रुपक कालिराजको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्पुर्ण लियोहरुले नयाँ कार्यसमिति टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।