शिक्षक संगठन मकवानपुरद्वारा "कक्षाकाेठामा प्रविधि" विषयक प्रशिक्षण सम्पन्न

छहारी संवाददाता
बैशाख १०, २०७७

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे पाँचाैं सत्र अाज संगठन अध्यक्ष  श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । 

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा शिक्षासेवी प्रशिक्षक रमेशप्रसाद लामिछानेले कक्षाकाेठामा प्रविधि विषयमा प्रशिक्षण दिनुभएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले जानकारी दिनुभयाे । 

अाफूसंग रहेका सञ्चारका साधनलाई कसरी क्षाकाेठासम्म पुर्याउने र त्यसकाे उपयाेग गर्ने भन्ने
समसामयिक जेनेरिक विषयवस्तुमा प्रशिक्षण सम्पन्न भएकाे हाे । 

काेरेना संक्रमणका कारण शिक्षा क्षेत्रमा पर्नगएकाे प्रभावलाई न्यूनिकरण गर्न अायाेजना गरिएकाे प्रशिक्षणात्मक कार्यक्रमलाई  नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हंश शाही, सिराहा जिल्ला अध्यक्ष देवकुमार यादव र प्यूठान जिल्ला अध्यक्ष ज्ञानहरि रिजाल ले संवाेधन गर्नुभएकाे थियाे । 

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन  वाग्मति प्रदेस संगठन सचिवालय सदस्य माेहन शर्मा, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, काेषाध्यक्ष जयप्रसाद पाेखरेल, सहकाेषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भावना सापकाेटा, लक्ष्मी अधिकारी,  हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल लगायतकाकाे उपस्थिती रहेकाे थियाे । 

भाेलि हुने छैठाैं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे । बैशाख  ११ गते हुने प्रशिक्षणमा भने काेराेना र यसकाे प्रभाव तथा राेकथामका उपायहरु विषयमा तथा अंग्रेजी शिक्षण सिकाई सन्दर्भमा प्रशिक्षण हुने छ । संगठनकाे नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन १२:०५ मा शुरु हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*