बागमती प्रदेशमा आरडीटी विधिबाट ४ हजार ६ सय ७६ जनाको कोरोना परीक्षण
बागमती प्रदेशका जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ४ हजार ६ सय ७६ जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा र्यापिड टेष्ट गर्दा १३ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।
हिजो मात्र बागमती प्रदेशका १३ जिल्लामा ५ सय ८६ जनाको आरडीटी टेष्ट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
र्यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ । मकवानपुरका दश वटै स्थानीय तहमा गरेर दुई सय ८२ जनाको र्यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य चार जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
र्यापिड टेष्ट हेटौंडामा सवैभन्दा धेरै र गाउँपालिका स्तरमा पनि गरिदै आएको छ । विशेषगरी कोरोनाको संका लागेकाहरुमा र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर र्यापिड टेष्ट गरिएको हो ।
र्यापिड टेष्ट काठमाण्डौमा एक हजार एक सय ९३ जना, भक्तपुरमा २ सय ५४ जना, ललितपुरमा ३ सय ३४ जना, रसुवामा ३० जना, नुवाकोटमा ३ सय ६८ जना, चितवनमा ४ सय ६४ जना, सिंधुलीमा ३ सय ५२ जना, काभ्रेमा ३ सय ५६ जना, सिन्धुपाल्चोकमा २ सय ७० जनामा गरिएको हो ।