सरकारको निर्देशन विपरित मकवानपुरमा राहत वितरण प्रति नेपाली कांग्रेसको आपत्ति

छहारी संवाददाता
बैशाख ८, २०७७

सरकारको निर्देशन विपरित मकवानपुरमा राहतको नाममा नगद वितरण गरेको प्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ । 

नेपाल कांग्रेस मकवानपुरले आज गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँले नेकपाबाट राहत वितरणमा राजनितीकरण भएको भन्दै प्लान नेपालले राडो नेपालमार्फत हेटौंडाका विभिन्न वडामा राहतको नाममा नगद वितरण गरेको प्रति आपत्ति जनाएका हुन् ।
सम्मेलनमा वोल्दै नेता बानियाँले भन्नुभयो राहत वितरणमा राजनीतिक लाभको उद्धेश्य राखिनु हुन्न् । 

नेपालको लकडाउनले मानिसहरुलाई अलमलमा पारेको बताउनुहुँदै बानियाँ भन्नुहून्छ सरकार मानविय सम्वेदनामा निर्दयी बन्यो, अर्काै जिल्लाका अलपत्र परेका मानिसहरुलाई आफ्नो जिल्लामा फर्कने वातावरण वनाउनुपर्छ ।  

तिन दिन अघि आएको असिनापानी र हावाहुरीका कारण मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ लगायतका क्षेत्रमा सयौं घरगोठ, तरकारी र अन्नबालीमा क्षति पुगेको भन्दै कांग्रेसले त्यस क्षेत्रका जनतालाई यथाशिघ्र गाँसबासको व्यवस्था र अवरुद्ध विद्युत यथाशिघ्र सुचारु गर्न समेत कांग्रेसले माग गरेको छ ।

संकटको यो अवस्थामा व्ययभार बढ्ने ढंगले गठन गरेको भुमि समस्या समाधान आयोग गठनको निर्णय र्फिता लिन र गन्तव्यमा जान लागेका विपन्न श्रमिक र मजदुरप्रति मानवीयता देखाउन कांग्रेसको आग्रह छ । 
पत्रकार सम्मेलनमा जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, पार्टी वक्ता प्रदिप कोइराला लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*