वन्यजन्तुको मासु खान र व्यापारमा कडाइ गर्न डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु खान र व्यापार गर्नमा कडाइ गर्न राष्ट्रहरुलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.ट्रेडास एडहनाम गिब्रियेसिसले कोरोना भाइरसको माहामारीलाई मध्येनजर गर्दै मासुको व्यापारलाई प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको हो ।
सुरुमा चीनको उहानमा समुन्द्री जीव र मासुका माध्यमबाट कोरोना सरेको भन्दै आईएको छ । त्यसैले यो समयमा मासु नखान डब्लुएचओले आग्रह गरेको हो ।