कोरोना अपडेटः चीनको अर्थतन्त्रमा ६.८ प्रतिशत ह्रास
चीनको अर्थतन्त्र थुप्रै दशकमा पहिलोपटक खस्किएको त्यहाँको पहिलो चौमासिक विवरणले देखाएको छ।
सन् १९९२ देखि चौमासिक विवरण राख्न थालेयता कै यो अर्थतन्त्र कमजोर भएको तथ्याङ्क हो, बिबिसीले लेखेको छ । कोरोना महामारीकै कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ६.८ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जीडिपी) खुम्चिएको शुक्रवार सार्वजनिक सरकारी विवरणले जनाएको छ।
भाइरसका कारण चीनभित्रै थुप्रै कारखाना तथा व्यावसाय बन्द भएका छन्। बिहीवार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेको एक प्रक्षेपणमा चीनले आर्थिक मन्दी छल्ने बताइए पनि यो वर्ष उसको अर्थतन्त्रको वृद्धिदर भने १.२ प्रतिसतमा सीमित हुने बताइएको छ।
चिनियाँ अर्थतन्त्रमा आएको ह्रासले उसँग जोडिएका अन्य थुप्रै देशलाई समेत चिन्तित बनाएको छ।