कोरोनाको आशंका गरिएका हेटौंडा ४ का चारै जनाको रिपोर्ट नेगेटिभ
हेटौंडा चारमा आरडिटीे र्यापिड टेष्ट पोजेटिभ देखिएका चारै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अर्थात उनिहरुमा कोरोना संक्रमण नरहेको आईसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिका ४ मा रहेको बासुदेव सभागृहमा हिजो गरिएको र्यापिड टेष्ट पोजेटिभ देखिएपछि चारै जनाको पिसिआर टेस्ट गरिएको थियो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा गरिएको पिसिआर टेस्टको रिपोर्ट नेगेटिभ आएको हो ।
यद्यपी लिखित रिपोर्ट भने आउन बाकी रहेको चौलागाईले बताउनुभयो । उनिहरुलाई हेटौडा ४ कर्रामा रहेको आइसोलेसनमा उच्च निगरानीमा राखिएको थियो ।
यसअघि आइसोलेसनमा राखिएको र कोरोना भाइरस नेगेटिभ देखिएका आठ जनालाई हिजो घर पठाइएको र १२ चार जनालाई उच्च निगरानीमा राखिएको चौलागाईले बताउनुभयो ।