पछिल्लो २४ घण्टामा ८८ जनाको नमूना परीक्षण, नयाँ संक्रमित भेटिएन 

छहारी संवाददाता
चैत्र २४, २०७६

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ८८ जनाको नमूना परीक्षण भएकोमा कसैमा पनि नयाँ संक्रमण नभएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म एक हजार पाँच सय २९ जनाको नमूना परीक्षण भएको जनाएको छ । हिजोसम्म कोरोनाको आशंकामा एक हजार चार सय ४१ जनाको नमूना परीक्षण भएको थियो, सीआईएनले लेखेको छ ।

कोरोनाको आशंकामा भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जना सबैको नमूना नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले बताउनुभयो । कोरोना प्रभावित देशबाट आएका ९४ जना नागरिकलाई क्वारेन्टाइनका लागि खरिपाटीमा राखिएको थियो ।

काठमाडौं उपत्यकाको विभिन्न अस्पतालमा १२ र उपत्यका बाहिर एक सय सय एक जना आइसोलेसनमा रहेका पनि मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाका अनुसार धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा, धनगढी, बुटवल र र धुलिखेलबाट कोरोनाको परीक्षण सुरु भइसकेको छ भने चितवनमा भने आजबाट परिक्षण सुरु हुने छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*