कोरोना भाइरसः संयमता अपनाउन जिसस मकवानपुरका प्रमुखको अपिल

छहारी संवाददाता
चैत्र २३, २०७६

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) को महामारीका बेला संयमता अपनाउन सबैलाई अपिल गर्नुभएको छ ।

आईतबार सार्वजनिक अपिल जारी गरी प्रमुख खुलालले  विश्वभर जस्तै नेपालले पनि अहिले कोरोनाको सामना गरिरहेको भन्दै यो अवस्थामा आफ्नो मात्र नभइ, परिवार, छरछिमेक र समुदायकै स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनको पूर्ण पालना गरी घर भित्रै बस्न आव्हान गर्नुभएको हो ।

नेपाल अहिले कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले सरकारले एक स्थानीय तह बाट अर्को स्थानीय तहमा समेत आवतजावतमा प्रतिवन्ध लगाएको भन्दै उहाँले दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएपनि जटिल परिस्थीतिलाई बुझिदिन आग्रह गर्नुभयो ।

अन्यथा कोरोनाको संक्रमण फैलिएर अन्य चरण पार गर्ने र त्यो अत्यन्तै भयावह हुने तर्फ सचेत हुन समेत आह्वान गर्नुभयो । सबैले यस विषयमा गम्भीर ध्यान दिन जरुरी रहेको बताउँदै प्रमुख खुलालले कोरोना संक्रमणको गम्भीरतालाई मनन गर्दै उसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदमलाई साथ दिन आग्रह गर्नुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*