हेटौंंडामै कोरोना परीक्षणका लागि चिनबाट आज सामान आउँदैः कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौंडा
हेटौंडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने भएको छ ।
चिनबाट आएको सामान आज प्रदेश राजधानी हेटौंडामा आइपुग्ने र केही दिनमा कोरोनाको परिक्षण हुने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो । चिनबाट कोरोना परिक्षणका लागि आएका सवै सामाग्री आज हेटौंडा आइपुग्ने छ ।
हेटौंडामानै त्यहीँ स्वाब संकलन गरेर त्यहि परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको मन्त्री दुलालले वताउनुभयो । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री हेटौंडा पनि आइपुग्न लागेको हो ।
हेटौंडा आउने स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको मन्त्री दुलालले बताउनुभयो, जनपत्रमा खबर छ ।
मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गर्नभयो । संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ । मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको जानकारी दिनुभयो ।
हेटौंडाको श्रमिक माविमा तयार गरिएको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीको परिक्षण गर्न सुरु गरिसकिएको छ । बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार पारिएको छ । आइतबारसम्म प्रदेशमा ६ सय २३ तयारी अवस्थामा रहेको र एक सय ७२ शय्याको आइसोलेसन तयारीको क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले एक सय ४८ वटा आइसियू वार्ड तयारी अवस्था रहेको जनाएको छ । २३ वटा आइसियू तयार पारिँदै छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा दुई हजार ७५ शय्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । तयार पारिएको क्वारेन्टाइनमा हाल पाँच सय ८९ जना बसिरहेका छन् ।
मन्त्रालयले आइतबारसम्म तयार पारेको तथ्यांकअनुसार एक हजार सात सय १४ जना स्वास्थ्यकर्मी तयारी अवस्था रहेका छन् ।
प्रदेशका जिल्लाहरूमा कार्यरत कन्सल्टेन्ट फिजिसियन ७१, मेडिकल अफिसर दुई सय ५१, एनेस्थेसियोलोजिस्ट ३१, नर्सिङ सुपरभाइजर ३४, स्टाफ नर्स सात सय १३, नर्स एसिस्टेन्ट चार सय ५७, प्रयोगशालाकर्मी रएक सय ५७ जना तयारी अवस्था रहेको मन्त्रालयको दाबी छ ।
त्यसैगरी मन्त्रालयले प्रदेशमा हाल चार सय १२ सेट पिपिई प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट रहेको जनाएको छ । मन्त्रालयले अब स्वास्थ्यकर्मीका लागि तीन हजार एक सय ८५ वटा आवश्यक रहेको उल्लेख गरेको छ ।