म्यानेजमेन्टका संचालक जोशीद्वारा कोरोना उपचार कोषमा १२ लाख रुपैँया सहयोग

छहारी संवाददाता
चैत्र १२, २०७६

हेटौडा स्कुल अफ म्यानेजमेन्टका संचालक एवं समाजसेवी पुरनवहादुर जोशीले कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा १२ लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका छन ।

संघीय सरकारले स्थापना गरेको कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख र जिल्ला समन्वय समिती मकवानपुरले स्थापना गरेको ‘कोरोना आपतकालीन कोषमा’ २ लाख रुपैया गरी १२ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका हुन ।

संचालक जोशीले मंगलवार नै दुवै कोषको खातामा रकम जम्मा गर्न खोज्दा बैंकहरु बन्द भएकाले जम्मा गर्न नपाएको बताउनु भएको छ । बैंकहरु खुल्ने बितिक्कै रकम जम्मा गरिदिने बताउनुभएको छ ।

यसैगरी वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा एक महिनाको तलब वरावरको रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*