बागमती प्रदेश सरकारः कोरोना उपचारका लागि १० करोडको आपतकालीन कोष स्थापना
बागमती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।
बिश्वभर नै महामारीको रुपमा फैलिएको यो रोग नियन्त्रणका लागि विशेष अभियान संचालन गर्न कोष स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
उक्त कोषमा रकम जम्मा गर्न सरकारले सर्बसधारणलाई समेत आव्हान गरेको छ । यसैगरी आज नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा घोषणा गर्नु भएको छ ।