देश लकडाउनः सर्वसाधरणबाट लकडाउनको बेवास्ता (तस्विरहरु)

सर्वसाधरणः न निर्देशनको डर न आफ्नो स्वास्थ्यको चिन्ता
छहारी संवाददाता
चैत्र ११, २०७६

सरकारको निर्णय अनुसार आजदेखि देशमा पुरै लकडाउन जारी भएको छ । देशका विभिन्न जिल्लामा हिजैबाट कर्फुयु लागाइएको छ । सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ ।

सरकारको निर्देशन अनुसार अन्य प्रदेशमा जस्तै बागमती प्रदेशमा चोकचोकमा प्रहरी परिचालन गरिएको छ । तर प्रदेशको राजधानी हेटौडामै लकडाउनको बेवास्ता गर्दै सर्वसाधरणहरु खुलेआम हिड्डुल गरिरहेका छन् ।

हेटौंडाको चोकचोकमा प्रहरी तैनाथ छन् । तर मोटरसाइकल, अटो, मयुरी, टक लगायतका सावारी भने लकडाउनको अवज्ञा गर्दै गुडिरहेका छन् ।

लकडाउन उलंघन गर्नेलाई ६ महिनासम्म कैद गर्न सक्ने कानूनी व्यवस्था छ भनेर सरकारले निर्देशन जारी गरे पनि लकडाउनको अवज्ञा भइरहेको छ ।

त्यसो त कोरोना भाइरस जस्तो महामारीले बिश्वभर तहल्का मच्चाइरहेका बेला अहिले सर्वसाधरण आफै आफ्नो स्वास्थ्यमा सचेत हुनु पर्ने अवस्था छ । तर सर्वसाधरण न सरकारको निर्देशन पालना गर्नु जरुरी ठानिरहेका छन् ।

न त आफ्नो स्वास्थ्यको ख्याल नै गरिरहेका छन् । यस्तै गतिविधी रहे कोरानाको महामारी फैलन कत्ती बेर लाग्ने छैन ।

सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ । औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट गरिएको छ ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*