लकडाउनलाई कार्यान्वयन गर्न ठाउँ ठाउँमा कडाइका साथ प्रहरी तैनाथ गरिने

छहारी संवाददाता
चैत्र ११, २०७६

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनलाई कार्यान्वयन का लागि ठाउँ ठाउँमा प्रहरी तैनाथ गर्ने निर्णय गरेको छ ।

विश्व व्यापी रुपमा फैलीएको कोरोनाको त्रासबाट समयमै सचेत रहनका लागि सरकारले देशभर एकैसाथ लकडाउन गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा सुरक्षा समितिको वैठक बसेको हो ।

सरकारले गरेका निर्णय कार्यान्वयन गराउनका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले वताउनुभयो । जिल्ला प्रहरी कार्यालय मातहत रहेका इलाका प्रहरी कार्यालय, प्रहरीचौकी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी ठाउँ ठाउँमा परिचालन गरिएको प्रहरी उपरिक्षक सुशिल सिंह राठोरले जानकारी दिनुभयो ।

हेटौंडामा मात्र पाँच वटा प्रहरी भेनले गस्ति गरिरहेको उहाँले वताउनुभयो । सरकारले गरेका निर्णय कार्यान्वयन गराउन आफुहरु तयार रहेको उहाँले वताउनुभयो । यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ ।

मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।

गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ९जाउ गर्न नदिन लकडाउन गरिन्छ ।

लकडाउन संक्रामक रोग ऐन९२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ । लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् ।

यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*