मिकेल आर्तेता कोरोना भाईरसको संक्रमणबाट मुक्त
प्रिमियर लिगका पहिलो प्रशिक्षक मिकेल आर्तेता कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । स्पेनिस आर्तेतालाई मार्च १२ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
३७ वर्षका आर्तेता इंग्लिस क्लब आर्सनलका प्रशिक्षक प्रशिक्षक हुन् । आर्तेताले स्पेनिस टेलिभिजनसँग भनेका छन्, ‘संक्रमण देखिएको तीन वा चार दिनपछि मलाई निको हुन थाल्यो । अहिले पूर्ण रुपमा निको भएको छु, कुनै पनि लक्षणहरु छैनन्, थप उर्जावान महसुस गरेको छु ।’ ‘म अहिले निकै राम्रो छु र लाग्दैछ कोरोना भाइरसको संक्रमण अन्त्य भयो।’
१४ दिनको आइसोलेसन समय बिताएपछि आर्सनलका खेलाडीहरु मंगलबारदेखि प्रशिक्षणका लागि आफ्नो अवस्था जानकारी गराउँदै छन् ।