हेटौडाका स्वास्थ्यकर्मीहरु मास्क अभावमा हेल्मेट लगाएर सेवा दिँदै
कोरोना भइरस ९कोभिड–१९० विश्व आतंकित बनाइरहेका बेला नेपालमा पनि यसको संक्रमण देखिएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ ।
संक्रमण भित्रिनु मात्र नभई आवश्यक सुरक्षा सामग्री उपलब्ध नहुँदा सर्वसाधारण थप चिन्तित छन् । बजारमा मास्कको अभाव देखिएपछि स्वास्थ्यकर्मी समेत यसको पीडामा छन् । विशेष गरी भाइरसबाट सुरक्षित हुन सकिने मास्कको अभाव बजारमा खड्कीएपछि हेल्मेट लगाएर कर्मचारीहरु अस्पतालमा खटिएका हुन् ।
‘अस्पतालमा खटिएका कर्मचारीलाई त्यसै काम गर भन्न सकिएन, बजारमा मास्क छैन, ५ वटा हेल्मेट ल्याएर बाँडेका छौं’, हेटौंडा अस्पतालका मेसु प्रविण श्रेष्ठले भने । उनका अनुसार यस्ता संक्रमणबाट बच्न हेल्मेट मास्कभन्दा पनि सुरक्षित छ । ‘मैले डब्लुएचओ मा मेल पठाएँ, मास्क नै किनरु हेल्मेट हुँदैनरु भनेर । नाक मुख छोपिन्न भनेर जवाफ आयो, फुल हेल्मेट भनेपछि, भने त्यो त मास्कभन्दा पनि सुरक्षित छ भने । ‘डब्लु एच ओ को जवाफ छ मसँग’ उनले भने ।
हेटौंडाका स्वास्थ्य संस्थाहरुमा केही दिनयता मास्क र सेनिटाइजर खोज्न आउनेको भीड छ भने सर्बत्र मास्कको अभाव छ ।