कोरोना भाइरसः बागमती प्रदेशमा निगरानी कडा
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिनका लागि बागमती प्रदेशमा निगरानी कडा गरिएको छ । हिजो साँझबाट प्रदेश प्रवेशको नाकामा निगरानी कडा गरिएको हो ।
प्रदेश राजधानी हेटौंडाको प्रदेशद्वार समेत रहेको रातोमाटे नाकामा हिजो साँझबाट कोरोना संक्रमण रोक्न स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सहभागितामा रातोमाटेमा २ नम्बर प्रदेशबाट आउने यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको छ, जनपत्रले लेखेको छ ।
पछिल्लो समय कोरोनाको संक्रमण भारतमा रहेको र भारतसँग खुला सिमाना भएका कारण पनि कोरोना संक्रमित व्यक्ति आउन सक्ने भन्दै नाकामा स्वा परिक्षण सुरु गरिएको बाग्मती प्रदेश प्रहरीका निमित्त प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक किशोर दाहालले जानकारी दिनुभएको छ ।
हिजो साँझ ६ गतेदेखी परिक्षण कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । विशेषगरी भारतबाट आएको आशंका भएमा र कोरोना भाइरसको लक्षण रुघाखोकी र ज्वरो आएका आशंका भएकाको परिक्षण गरिएको बरिष्ठ प्रहरी उपरिक्षक दाहालले जानकारी दिनुभयो ।
डिजिटल थर्मोमिटर एउटामात्र भएका कारण सबैको स्वास्थ्य परिक्षण सम्भव नभएको उहाँले बताउनुभयो । कोरोनाको संक्रमण समाप्त नभएसम्म नाकामा स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।