हेटौडा अस्पतालको ओपिडी सेवा अब दुई सिफ्टमा

छहारी संवाददाता
चैत्र १०, २०७६

हेटौडा अस्पतालले विरामीको चाप बृद्धि भएपछि आजदेखि ओपिडी सेवा २ सिफ्टमा  संचालन सुरु गरेको छ ।

नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्तिहरुलाई एकै ठाउँमा जम्मा हुन निषेध गरेपछि विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण बढिरहेको कुरालाई मध्यनजर गर्दै हेटौंडा अस्पताल व्यवस्थापन समितिले ओपिडी सेवालाई २ सिफ्टमा संचालन गरेको हो ।

बिहान १० बजेदेखि १ बजेसम्म र २ बजेदेखि साँझ ५ बजेसम्म विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिने हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जाजकारी गराउनुभयो ।

उहाँका अनुसार अस्पतालमा भिडभाड नहोस् र स्वास्थ्य सेवा लिन पाउने अधिकार बाट बञ्चित नहुन भन्ने उद्धेश्यका साथ अस्पतालका युनिट सक्रिय रहेका छन् । विहानको समयमा वालबाकिा, स्त्रीरोग, नाककान घाटी, हाडजोर्नी लगायतका समस्याका विमारीहरुको उपचार गरिएको छ भने दिउसोको समयमा जनरल समस्याहरुको उपचार सुरु गरिएको छ । 
 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रविण श्रेष्ठले सामान्य स्वास्थ्य समस्या भएका व्यक्ति, जेष्ठ नागरिक, दीर्घरोगीहरु क्यान्सर, किड्नी, दम, सुगर, उच्च रक्तचाप भएका व्यक्तिलाई प्रत्येक शनिबार मात्र उपचार गर्ने व्यवस्था मिलाउन अस्पतालका कर्मचारीहरुसँग छलफल गरिरहेको बताउनुभएको छ । अस्पतालबाट प्रदान गरिने अन्य सेवाहरु यथावत रहने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*