कोरोना भाइरस संक्रमणको आशंकामा हेटौडाका २ जना रिफर
कोरोना भाइरस संक्रमणको आशंकामा हेटौडाका २ जनालाई रिफर गरिएको छ ।
हेटौंडा १० राममन्दिरका करिब ५८ बर्षिय कृष्ण शाह लगातार एक हप्ता देखि ज्वरो आएको र औषधिको सेवन पश्चात समेत ज्वरो नघटेपछि हेटौडा मेडिसिन सेन्टरमा स्वास्थ्य परिक्षणका लागि गएका थिए ।
एक साता अघि भारतको पटनाबाट फर्किएका शाह कोरोना प्रभावित क्षेत्रबाट नेपाल आएको र लक्षणहरु समेत देखा परेको हुँदा हेटौंडा अस्पतालको सहयोगमा शाहलाई भरतपुर रिफर गरिएको हो ।
त्यस्तै हेटौंडा ९ लामसुरेका २५ वर्षिय देव लामा समेत ज्वरोको मात्रा नघटेपछि गुराँस मेडिकल हलमा स्वास्थ्य परिक्षणका लागि गएका थिए ।
लामा स्वयं स्वास्थ्य प्रति सजग रहँदै कसैको सम्पर्कमा नआइ टेकु अस्पतालमा स्वास्थ्य परिक्षणका लागि रिफर भएका छन् । विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि युनाईटेड अरव इमिरेट्स दुवइमा कार्यरत रहँदै आएका लामा नेपाल फर्किएका थिए ।
लामा तथा शाह दुवै कोरोना प्रभावित क्षेत्रवाट नेपाल आएका र लक्षणहरु समेत मिल्दोजुल्दो भएकै कारण रिफर गरेका हेटौडा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । पौडेलले कोरोना भाईरस सम्वन्धि फैलिरहेका होहल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभएको छ ।