भिमफेदीमा ५० शैयाको क्यारेनटाइन निर्माण

छहारी संवाददाता
चैत्र ९, २०७६

भिमफेदी गाउँपालिकामा ५० शैयाको क्यारेनटाइन निर्माण सम्पन्न भएको छ ।

कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले गाउँपालिकाको वडा नम्बर १ सामरी पुल नजिकै क्वारेन्टाइन निर्माण गरेको हो ।

बागमती प्रदेश सरकार र स्थानीय प्रशासनको निर्णय अनुसार विभिन्न स्थानमा हेल्थ डेस्क राखी गरिने चेकजाँचमा नेपाली सेनाले सहयोग निमार्ण गरिएको हो ।

कर्रास्थित सशस्त्र प्रहरी क्याम्पमा १ सय, वन विज्ञान अध्ययन संस्थानमा १ सय, गौरीटार रंगशालामा १ सय र हेटौंडा एकेडेमीमा २ सय गरि ५ सय शैयाको क्वारेन्टाईन निर्माण गर्न लागेको  बागमती प्रदेश सरकारले  जनाएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*