धार्मिक स्थलमा जान संख्या तोक्न मिल्दैनः ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज

छहारी संवाददाता
चैत्र ८, २०७६

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सी.बी.गहतराजले धार्मिक स्थलमा संख्या तोक्न नमिल्ने बताउनु भएको छ । हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उउहाँले यस्तो बताउनु भएको हो ।

चिनबाट सुरु भई विश्वरभर फैलिरहेको कोरोना भाईरस कोभिड–१९ संक्रमणलाई नियन्त्रण गर्नका लागि कुनै पनि स्थानमा २५ जनाभन्दा उपस्थित हुन रोक लगाएको थियो ।

नेपाल सरकारले अत्यावश्यक काम बाहेक आवतजावत, हिँड्डुल नगर्न, साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा भेला हुन बन्देज लगाएको हो ।

चर्चसहित सम्पूर्ण धार्मिक तथा सार्वजनिक स्थलहरुमा संख्या तोकेकोमा ख्रीष्टियन समुदाय कुनै अन्योलमा नरहन र सम्पूर्ण गतिविधि साप्ताहिक आधारना सेवा, घरेलु संगति, उपवास प्रार्थना आदी स्थगन नगरि यथावत रुपमा संचालन गर्न देशभर रहेका चर्चहरुलाई प्रेस विज्ञप्तीमार्फत आह्वान गरिएको छ ।

विपद्को निम्ति जिवित परमेश्वरसँग प्रार्थनामा विशेष सहभागी हुन र स–साना झुण्ड बनाएर भएपनि चर्चका सम्पूर्ण साप्ताहिक संगतिलाई निरन्तरता दिन महासंघले आह्वान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*