नेपालमा अहिलेसम्म कोरोनाका कारण आत्तिनु पर्ने अवस्था छैन: कानुनमन्त्री जमकट्टेल
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले कोरोनाबाट आत्तिनुपर्ने अवस्था नेपालमा अहिले सम्म नभएको वताउनुभएको । कोरोनाबाट नेपालमा संक्रमण नभएकाले आत्तिएर सरकारका कार्यक्रम नरोक्न पनि आग्रह गर्नुभयो ।
बागमती प्रदेशको प्रदेश विपद् व्यावस्थापन समितिको आज हेटौंडामा आयोजित वैठकमा उहाँले यस्तोकुरा वताउनुभएको हो । विश्वमा पनि कोरोनाबाट धेरै संक्रमित नरहेको वताउँदै उहाँले भन्नुभयो–‘अव आफ्नो कोरोनाका कारण सरकारको काम रोक्नु भएन । कोरोना देखिएको छैन । सवै कार्यक्रम रोकेर मात्र के गर्ने उहाँले प्रस्न गर्नुभयो ।
संञ्चार माध्यमलाई प्रयोग गरेर यसका बारेमा सचेतना अपनाउन उहाँले सुझाव दिनुभयो । कोरोनालाई देखाएर कालोबजारी गर्न दिन नहुनेमा भने उहाँले सचेत गराउनुभयो । नेपालमा डेंगुरोगबाट मात्र समस्या रहेको उहाँको भनाइ छ ।
बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट बेलैमा सचेत रहनका लागि तयारी गरिरहेको छ ।
कोरोना बाट वचन तयारी स्वरुप हाल प्रदेश आपुर्ति केन्द्र हेटौंडामा केही सामाग्री पनि स्टक राखिएको छ । केन्द्रमा २५ सेट पीपीएफ, एन ९५ मास्क एक सय ५० थान, २ हजारवटा सर्जिकल मास्क, थर्मल स्क्यानर ५ वटा राखिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री जमकट्टेलको अध्यक्षतामा बसेको बैठकमा सहभागिहरुले कोरोनाबाट वेलैमा सवैलाई सचेत गराउने खालका कार्यक्रम लैजानुपर्ने बताएका थिए ।