प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो मलिन स्वरमा सार्क भिडियो कन्फरेन्समा सम्बोधन
मृगौला प्रत्यारोपणको करिब दुई सातापछि सार्वजनिक फोरममा पहिलोपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन – सार्क भिडियो कन्फरेन्समा सम्बोधन गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेर ओलीले सार्कका सबै सदस्य सहभागी भिडियो कन्फरेन्समा सम्बोधन गर्नूहँुदै नेपालले कोरोना भाइरसका लागि गरेका तयारीलाई संक्षिप्तमा सुनाउनुभएको थियो ।
मलिन स्वर ओलीले मोदीलाई कोरोना भाइरसको रोकथामका लागि सार्कस्तरमा अग्रसरता लिएकामा धन्यवाद दिनुभउको थियो । लामो समय बोल्न नसकेका ओलीले बोल्दा बोल्दै ‘अड्किएपछि’ धन्यवाद भन्दै सम्बोधन सक्नुभएको थियो ।