भुटनदेबी मन्दिरमा वार्षिक विशाषय क्षमापुजा सम्पन्न
मकवानपुरको धार्मिक तथा ऐतिहासिक शक्तिपिठ भुटनदेबी मन्दिरमा वार्षिक विशाषय क्षमापुजा आज सम्पन्न भएको छ ।
बिक्रम संवत १९०९ देखी तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले वार्षिक विशाषय क्षमा पुजाको सुरुवात गर्नुभएको थियो । जंगबहादुर राणा शिकार खेल्ने क्रममा शिकार फेला नपरेपछी भुटनदेबी मन्दीरमा बली चढाएपछी शिकार फेला परेको ईतिहास रहेको छ ।
त्यसपछी यस पुजालाई वर्षेनी निरन्तरता दिदै आएको भुटनदेबी मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले बाउनुभयो । सम्पुर्ण नेपाली जनाताहरुको सुख शान्ति र समृद्धिको लागी समेत पुजा गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पुजामा कुखुरा ,हाँस,बोका ,पाठी ,रागाँ,परेवा र सँगुर सहित सात प्रजातीको १२८ बली दिईने प्रचलन रहेको छ । प्रत्येक वर्ष चैत्र महिनामा शनिबार भुटनदेबी मन्दिरमा क्षमापुजा गरीदै आईएको अध्यक्ष श्रेष्ठले जनकारी दिनुभयो ।
क्षमापुजा गर्दा शक्तिस्वरुपी भुटनदेबी माताले शक्ति प्रदान गर्ने र सुख शान्ति समृद्धि रहिरहने जनविश्वास रहेको छ ।ऐतिहासिक महत्व बोकेको यस क्षमापुजालाई संरक्षण गर्दे लैजानुपर्ने भक्तजनहरु बताउछन् ।
क्षमापुजाको ऐतिहासिक महत्वका कारण भुटनदेबी मन्दीरमा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने स्थानियबासीहरु बताउछन् ।