नेम र सिआइटीले गरे मकवानपुरका हरेक विद्यालयमा ३० हजार छात्रवृत्ति प्रदान

छहारी संवाददाता
चैत्र २, २०७६

हेटौंडामा रहेको नेशनल एलाइन्स अफ मास्टर एजुकेटर (नेम) इन्स्टिच्युट र कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआईटी)ले मकवानपुरका हरेक सामुदायिक बिद्यालयमा ३० हजार रुपैंयाको छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

एक बिद्यालय एक छात्रवृत्ति अभियान अन्तर्गत जिल्लाका हरेक बिद्यालयका कक्षा १० मा अध्यनरत एक विद्यार्थीलाई तिस हजार बराबरको छात्रबृत्ति सुरु गरिएको नेमका संचालक किशोर अर्यालले बताए ।

कार्यक्रम अन्तर्गत हेटौंडा १७ मा रहेको बाल बोध माध्यमिक बिद्यालय र हेटौंडा ७ मा रहेको नवज्योति माध्यमिक बिद्यालयबाट छात्रवृत्ति कार्यक्रम सुरु गरिएको सिआईटीका संचालक दिनेश रिजालले जानकारी दिए । 

बालाबोध माविकि कक्षा १० मा अध्यनरत छात्रा रुपा श्रेष्ठ र नवज्योति माविकी त्रिविका डिमडुंगलाई छात्रवृत्ति प्रदान गरिएको रिजालले बताए ।

छात्रवृत्ति वितरण कार्यक्रममा बालबोधका प्रधानाध्यापक रमेश रिजाल, बिद्यालय व्यवस्थान समितिका अध्यक्ष कमल बहादुर बिष्ट त्यस्तै नवज्योतिका प्रअ जिध राज ढकाल,बिद्यालय व्यवस्थापन अध्यक्ष हेम प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

नेम र सिआईटीले गरिब तथा जेहेन्दार एक बिद्यार्थीका लागी नगद ४ हजार र २६ हजार बराबरको एसीईइ पश्चात अध्यन गर्ने कम्युटर, लोकसेवा, ब्रिजकोर्ष, विभिन्न प्राविधिक शिक्षा तथा पुर्व तयारी कक्षा लगायतका विभिन्न कोर्ष निशुल्क अध्यन गर्न पाईने व्यवस्था गरिएको २ सस्थाले जनाएका छन् ।

यस वर्ष एक बिद्यालय एक छात्रवृत्ति वितरण गरिएपनि अर्को वर्षदेखि एक बिद्यालयका १ छात्र र एक छात्रालाई छात्रवृत्ति उपलब्ध गराईने बताईएको छ । 

आफ्नो सामाजिक उत्तरदायीत्व अनुरुप र विद्यार्थीलाई थप हौसला प्रदान गर्नका लागी सामुदायिक बिद्यालयमा अध्यनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको नेम र सिआईटीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*