अमेरिकामा पनि राष्ट्रिय संकटकाल घोषणा

छहारी संवाददाता
चैत्र १, २०७६

कोरोना भाइरसको त्रासको कारण अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ ।

शनिवार पत्रकार सम्मेलन अायाेजना गरि राष्ट्रपति ट्रम्पले
राज्यहरुलाई कोरोनाबाट लड्न ५० अरब डलर दिने घोषणा गरेसँगै कोरोनाको त्रासबाट मुक्त हुन ठूलै कदम उठाउनुपर्ने भन्दै यस्तो घोषणा गरेका हुन ।

न्युज एजेन्सिका अनुसार ह्वाइट हाउसमा अायाेजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘म आधिकारिकरुपमा देशमा संकटकाल घोषणा गर्दछु ।

अमेरिकामा हालसम्म ११ सय भन्दा बढी मानिस कोरोनाको चपेटामा परेका छन् भने हालसम्म अमेरिकामा कोरोनाको कारण ४० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाबाट समयमै मुक्त हुन नसके १५ करोडभन्दा बढी अमेरिकन प्रभावित हुने सक्ने बताईएकाे छ ।

हालसम्म संसारभरमा यो भाइरसबाट १ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित बनेका छन् भने ५ हजारभन्दा बढी मानिसको मृत्यू भइसकेको छ । यसअघि स्पेनले पनि देशमा संकटकाल घोषणा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*