एसईईको परिक्षा केन्द्रमा स्वास्थ्यकर्मी, मास्क र सेनेटरी प्याड सहितको व्यवस्था हुने

छहारी संवाददाता
फाल्गुन ३०, २०७६

देशैभरी चैत ६ गतेबाट एसईई परिक्षा संचालन हुँदैछ । हेटौंडा उपमहानगरपालीका भित्र  एसईई परिक्षा सञ्चालन गर्न १४ वटा परिक्षाकेन्द्र तोकिएको छ ।

करिव ४ हजार विद्यार्थीहरु सहभागी हुने एसईइ परिक्षालाई मध्यनजर गर्दै  हेटौंडा उपमहानगरपालिकाले परिक्षा केन्द्रमा स्वास्थ्य सामाग्री सहितको हेल्प डेस्क सञ्चालन गर्ने भएको छ ।

एसईईको परिक्षा केन्द्रमा स्वास्थ्यकर्मी, मास्क र सेनेटरी प्याड सहितको व्यवस्था गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी गराउनुभयो ।

परिक्षा केन्द्रमा धेरै जना बिद्यार्थीको जमघट हुने भएकाले यसबाट सचेत रहनका लागि प्रत्यक परिक्षा केन्द्रमा मास्क, छात्राहरु मेन्सुरेसन भइहालेमा सेनेटरी प्याड र प्रत्येक परिक्षा केन्द्रमा प्राथमिक स्वाथ्य सामाग्री सहितको हेल्प डेस्क स्थापना गर्नका लागि सवै तयारी गरिएको मेयर महत बताउनुहुन्छ ।त्यस्तै प्रत्येक परिक्षा केन्द्रमा सेनेटराइज वितरणको तयारी समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*