क्यानडाका प्रधानमन्त्री पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसबाट संक्रमित
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।
सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रममा सहभागी भएर फर्के लगत्तै उनलाई ज्वरो आउने लगायतका लक्षण देखिएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
ज्वरो आउने बित्तिकै डाक्टरले उनको नमुना परीक्षण गरेका थिए । नमुना परिक्षण पछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
क्यानडामा हालसम्म १ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।