हेटौंडामा २५ हजार मास्क निःशुल्क वितरण गरिने
कोरोना भाइरस संक्रमणबाट बच्न हेटौंडामा २५ हजार मास्क निःशुल्क वितरण गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिका संगको समन्वयमा हेटौंडाको बुद्धचोकबाट निःशुुल्क मास्क वितरण गर्न लागेको कपडा व्यवसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिने त्रास बढेसँगै बजारमा मास्कको अभाव हुन थालेपछि संघले कोरोनाबाट बच्न प्रयोग गरिने २५ हजार माक्स निःशुल्क वितरण गर्न लागेको हो ।
संघले पहिलो चरणमा फागुन २६ गते भोलि सोमबार देखी हेटौंडाको बुद्धचाकबाट माक्स वितरण गर्ने जनाएको छ ।