प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, नियमित खाना खुवाउन सुरु
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहारा दिन र नियमित हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको हो ।
गत बुधबार मिर्गौला प्रत्यारोपण गर्नुभएका ओलीको पाँचौं दिनमा गरिएको स्वास्थ्य परीक्षणमा भाइटल र ल्याब सूचक सामान्य रहेको अस्पतालले आज विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।
यस्तै, उहाँलाई मिर्गौला दिने भान्जी समीक्षाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।