आईभिडिएसको व्यवसाय सुरुवात तालिमको समापन 

छहारी संवाददाता
फाल्गुन २५, २०७६

एकीकृत ग्रामिण विकास सेवा आईभिडिएस, हेटौंडाको आयोजनामा व्यवसाय सुरुवात तालिमको समापन गरिएको छ । 

उद्योग, पर्यटना, वन तथा वातावरण मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत ८ दिने तालिको समापन गरिएको हो ।

तालिममा व्यवसायसम्बन्धि आधारभुत, सैद्धान्तिक, व्यवहारिकसँगै व्यवसायका हरहिसाब राख्न र योजना बनाउने विषयमा जानकारी दिईएको थियो । आयोजनाका संस्थाका सचिव मिन प्रसाद पौडेलले महिलाहरुलाई उद्यमशिल बनाउन यो तालिमको आयोजना गरिएको बताए ।

उनले आगामी दिनमा ४५ दिने होजिहारी तालिम १२ जनालाई, ३ महिने ब्यूटीपार्लर तालिम १८ जनालाई र १५ दिने कृषि तथा पशुपालन तालिम १० जनालाई प्रदान गरिने जानकारी दिए ।

आईभिडिएसका उद्यम विकास सहजकर्ताहरु कमला दर्जी, कोपिला थापाले सहजीकरण गरेको तालिमको भिमफेदी गाउँपालिका–६ का वडाध्यक्ष सिताराम थापाको अध्यक्षतामा समापन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*