राप्रपा जिल्ला सदस्य भट्ट सहित १ सय ५७ जना नेकपामा प्रवेश

छहारी संवाददाता
फाल्गुन २५, २०७६

राप्रपा नेपालका जिल्ला कमिटि सदस्य ओमकार भट्ट लगायत विभिन्न पार्टि परित्याग गरि १५७ जनाले नेकपामा प्रवेश गरेका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टि कार्यालयमा आयोजित पार्टि प्रबेश कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं १५ का स्थानिय बासिन्दाहरुले विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका नगर अध्यक्ष रघु आचार्यको सभाध्यक्षता तथा नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा नेकपा जिल्ला सचिब प्रेमवहादुर पुलामि, नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*