समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नारा सार्थक पार्न इन्सेकको आग्रह
११० औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले महिला अधिकार, सशक्तीकरढण र लैंगिक समानता, विभेद तथा हिंसा उन्मूलनमा नयाँ आयम थपोस भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
महिला समानताको लागि भएको प्रयासहरुको तुलनामा उपलब्धी सन्तोषजन हुन नसकेको भन्दै इन्सेकले नेपालको संविधानले दिएको अधिकारको प्रत्याभुतीसहित “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता” भन्ने यस वर्षको नारा सार्थक पार्न सबैलाई आग्रह गरेको छ ।
महिला माथि हिंसा र ज्यादतीको घटनामा कमी आउनुको साटो बढीरहेको कुरालाई इन्सेकले सन् २०१९ मा अभिलेख गरेको मानवअधिकार वर्ष पुस्तक २०२० मार्फत समेत सार्वजनिक गरेको छ ।
बागमती प्रदेशमा गत वर्ष मात्रै मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पिडित भएका मध्ये १ हजार १ सय ८४ जना महिलाहरु पिडित रहेका छन् । जसमध्ये राज्यपक्षबाट १४ जना महिला र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला पीडित भएका हुन् ।
सन् २०१९ मा ८ सय १४ जना महिला पीडित भएकोमा महिला अधिकारको घटनाबाट ७ सय ४७ जना र बालअधिकार उल्लङ्घनका घटनामा ३ सय ७० जना बालिकाहरु पीडित भएका थिए । प्रदेशको १३ जिल्लामा बलात्कारका ३ सय ८६ वटा घटना अभिलेखमा २ सय ५३ जना बालिका र १ सय ३३ जना महिला पीडित भएका थिए ।
इन्सेकका प्रदश संयोजक कृष्ण गौतमद्धारा जारी प्रेस विज्ञप्तिमा विश्व परिवेशमा एक शताप्दी भन्दा बढी समयदेखि मनाउँदै आएको नारी दिवस नेपालले तीन दशक भन्दा बढी समयदेखि मनाउँदै आएको जनाइएको छ ।
पुरुष सत्तात्मक राज्यशक्ति शासित परिवारमा अझै पनि महिललाले छाउपडी, झुमा, वादी, देउकीका नाममा तल्लो स्तरको जिवयापन गर्न वाध्य हुनु परेको जनाइएको छ ।