विद्यालय बस कार्यक्रमका लागि २५ विद्यालयसंग त्रिपक्षीय संझौता

छहारी संवाददाता
फाल्गुन २४, २०७६

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रमका लागि २५ वटा विद्यालयसंग त्रिपक्षीय संझौता गरेको छ । बस सञ्चालन गर्नका लागि प्रदेशका १३ जिल्लाका २५ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक सहितको कार्यक्रमबाट सामाजिक विकास मन्त्रालयले संझौता गरेको हो ।

बसका लागि अनुदान प्राप्त गर्ने २५ वटै विद्यालय, सामाजिक विकास मन्त्री युवराज दुलाल, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, शिक्षा महासाखाका प्रमुख दिपेन्द्र सुवेदी सहितले विद्यालय वस सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । बस सञ्चालनका लागि प्रदेशका १३ वटा जिल्लाका २५ विद्यालय छनौट गरिएको थियो ।

विद्यालय वस सेवा कार्यक्रमका लागि छनौट भएका विद्यालयहरुलाई अनुदान रकमको संझौता गर्नका लागि सूचना पनि निकालेपछी एकैपटक सवै विद्यालयलाई मन्त्रालयमा बोलाएर संझौता गरिएको हो । यो कार्यक्रम अन्तरगत मन्त्रालयले एक विद्यालयका लागि २५ लाख रुपैयाँका दरले हस्तान्तरण गर्नेछ ।

प्रदेशका १२ वटा जिल्लाका २४ सामुदायिक विद्यालयलाई २ वटाका दरले अनुदान रकम दिइने भएको छ । रसुवा जिल्लाको भने एक विद्यालयलाई मात्र विद्यालय वस कार्यक्रमका लागि अनुदान रकम दिन लागिएको होे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*