पाँच दिने पत्रकार महिलाको क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न

छहारी संवाददाता
फाल्गुन २४, २०७६

वागमती प्रदेशको राजधानी हेटौडामा आयोजित पाँच दिने पत्रकार महिलाको क्षमता विकास प्रशिक्षण तालिम सकिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा १९ गतेदेखि २३ गतेसम्म तालिक गरिएको हो ।

तालिममा प्रदेशका १३ वटै जिल्लाका ४५ पत्रकार महिलाको सहभागिता थियो । समापन कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गर्नुभयो । पत्रकार महिलालाई अब्बल पत्रकारका रुपमा अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।

विभेद र पीडामा परेका समुदायका समाचार लेख्न पनि उहाँले आग्रह गर्नु भएको छ । यस्तै मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले समाजलाई कता लैजाने भन्ने बाटो पत्रकारकै हातमा हुने हुँदा सकारात्मक समाचार लेख्न अनुरोध गर्नुभएको छ ।

पत्रकारको आवश्यकता अनुसार मन्त्रालयले अन्य तालिमको व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर लगायतले मन्तव्य राख्नु भएको थियो ।

तालिममा प्रदेश सरकारका विभिन्न मन्त्रालयबारे सम्बन्धित मन्त्रालयका सचिव र प्रवक्ताले जानकारी गराएका थिए । पत्रकार अखण्ड भण्डारी इन्द्रलक्ष्मी घिमिरे, प्रताप बिष्ट, प्रेस रजिष्ट्रार रेवती सापकोटा लगायतले सहजीकरण गर्नु भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*