बसामाडी ३ लेवटमा सामुहिक केरा खेतिको उद्घाटन (तस्विरहरु)
हेटौडा उपमहानगरपालिका मेयर हरी बहादुर महतले बसामाडी ३ लेवटमा सामुहिक केरा खेतिको उद्घाटन गर्नुभएको छ ।
हेटौडा ३ मा रहेको बसामाडी सामुहिक उन्नत केरा खेती समुहले आजदेखि सुरु गरेको व्यवसायिक केरा खेतिको मेयर महत र वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडासैनिले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपालको आयोजना भएको कार्यक्रममा मेयर महतले मेहनती कृषकहरुका लागि उपमहानगरपालिका सधैं सकारात्मक रहेको बताउनुभयो ।
उहाँले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । त्यस्तै वडाध्यक्ष पुडासैनिले आफ्नो क्षेत्रका कृषकहरु अतिनै मेहनति भएको भन्दै अझ सामुहिक खेतीमा महिलाहरुको सक्रिएता प्रती गर्व गर्नु भएको छ ।
उहाँले किसानलाई व्यवसायिक रुपमा अघि बढाउन बजारिकरणको व्यवस्था समेत मिलाउने र नमुना कृषि खेतिका रुपमा विकास गर्दै लैजाने बताउनुभयो ।
सामुहिक खेतीले त्यहाँका महिलाको जिवनस्तर उकास्न सहयोग पुगोस् भन्ने उदेश्यले ८ सय बिउ र ५ बोरा युरिया तथा डियपी मल वितरण गरिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेले बताउनुभयो ।
हेटौडा उपमहानगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा बिउ बितरण गरिएको हो । यसअघि महिला सशक्तिकरण समुहले हेटौडा ११ नवालपुरको किसान समुहलाई पनि ८ सय केराको बिउ वितरण गरेको थियो ।
समूह नेपालकि अध्यक्ष ईन्दिरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विज्ञ भिम दाहाल, मेलमिलाप संयोजक मिन बहादुर अधिकारी, श्री बाल उच्च माविका प्रधानाध्यापक शम्भु प्रसाद बर्तोला, कार्यक्रम संयोजक मालती विश्वकर्मा, कृषक समुहका पदाधीकारी लगायतको उपस्थिती रहेको थियो ।