भिमफेदीमा २ दिने ICT तालिम सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक संगठन महिला बिभाग मकवानपुरले आज २ दिने ICT तालिम भिमफेदी गाउँपालिकामा सम्पन्न गरेको छ । पालिकाभर रहेका ३९ सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता एवम् शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यतामा रहेको कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेलको अध्यक्षतामा सञ्चालन भएको हो ।
संगठन सवलीकरणको ५ महिने अभियानको निरन्तरता स्वरुप सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो ।
२ दिनसम्म सञ्चालन भएको तालिमले सामुदायीक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिईने गरि सञ्चालन गरिएको गौतमले जानकारी दिनुभयो । २ दिने तालिममा प्रशिक्षकहरु बिवश जङ्ग थापा, सुनिल गौतम, कृष्ण पोैडेल, निशान्त राई र कृष्ण पोखरेलले तालिमको सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा जिलाभर शैक्षिक एकरुपता ल्याउनका निम्ति नेपाल राष्ट्रिय शिक्षक संगठनले २०७७ सालको वार्षिक एवम् शैक्षिक क्यालेण्डर चैत्र मसान्त सम्म प्रकाशन गर्ने निर्णय समेत गरेको बताईएको छ ।
संगठन सवलीकरणको अभियान अन्तर्गत १० वटै स्थानीय पालिका मध्ये बाँकी रहेका स्थानीय निकायमा शिक्षक महासंघ पूर्णता दिन पहल गर्ने कार्यमा संगठन कटिबद्ध रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । संगठनले यस अघि नै चैत्र २९ गते १४ औ जिल्ला परिषद गर्ने कार्यतालिका घोषणा गरेको छ ।
शिक्षक संगठन भिमफेदी पालिका अध्यक्ष कृष्ण पोखरेलले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा भिमफेदी गाउँपालिकाका स्रोत ब्यक्ति गोविन्द चौलागाई, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर सह सचिव प्रतिमा गौतम, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतम, सदस्य लक्ष्मी कुमारी काफ्ले, भिमफेदी पालिका एकीकृत अखिल नेपाल शिक्षक संगठन भीमफेदी अध्यक्ष देबराज देबकोटा, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भीमफेदी गाउँपालिकाको आर्थिक सहोगमा भएको हो ।