भिमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकार अग्रसर

छहारी संवाददाता
फाल्गुन २४, २०७६

हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भिमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकार तातिएको छ ।

आज शुक्रबार बागती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले सुरुङमार्ग प्रवेशद्धार रहने स्थान भिमफेदी गाउँपालिकाको धापमा अवलोकन गर्नु भएको छ । मन्त्री फुयाँलले सुरुङ मार्गको अध्ययनको अवस्थाबारे जानकारी लिउनु भएको थियो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेको पहिलो प्रदेशको गौरवको योजनाको रुपमा रहेको भन्दै मन्त्री फुयाँलले अब कुनै पनि हालतमा सुरुङ मार्ग बन्ने बताउनुभयो । उहाँले संघिय सरकारलाई जोडेर सुरुङ मार्गको काम अगाडी बढाउने भन्दै उहाँले जनताको काम अब नअल्झाइ कानुनी प्रक्रिया अबलम्बन गर्ने बताउनुभयो ।

अवलाकनका क्रममा प्राविधिक टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री इश्वर दाहालले सुरुङ मार्ग बन्न सक्ने बताउनुभएको थियो । उहाँले ले अबको ४० दिनमा आफ्नो टोलीले रिपोर्ट दिने भन्दै सरकारले आवश्यक तयारी गरेमा वैशाखको अन्तिम सम्ममा टेण्डर हुन सक्ने अवस्था रहेको बताउनुभयो ।

केहि दिनमा सुरुङ हुने क्षेत्रमा विकिरिणहरु पठाएर भुगोलको अवस्थाबारे जानकारी गराउने उहाँको भनाई छ । भिमफेदीबाट सिस्नेरीको हेबीसम्म ३ दशमलब २५ किलोमिटर सुरुङमार्गको चौढाई ११ मिटरको हुने सुरुङमार्ग निर्माणको लागि करिब १५ अर्ब खर्च लाग्ने मन्त्रालयले जनाएको छ ।

दुई लेनको सडक रहने सुरुङमार्गबाट पेट्रोलियम पदार्थको पाईपलाईन, खानेपानी पाईप तथा ग्याँसको पाईपलाईन समेत रहने बताईएको छ । हाल सुरुङमार्गको विभिन्न सर्भेको लागि ४५ जना कार्यस्थलमा खटिरहेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*